नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ९ गते
नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस

बैतडी केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर गएको उक्त भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ।

भूकम्प आज बिहान १ बजेर ४८ मिनेट जाँदा गएको हो। मस्त निद्रामा रहेका मानिसहरू अचानक आएको यो धक्काले त्रसित भएका छन्। हालसम्म यस भूकम्पले क्षति पुर्‍यायो वा नपु¥याएको भन्नेबारे स्पष्ट विवरण प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स