मुगु जिल्लामा लगातार दोस्रो दिन पनि भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि आइतबार पनि मुगुकै जिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो। लगातार दुई दिनसम्म भूकम्प महसुस भएपछि स्थानीयवासीहरूमा त्रासको वातावरण सिर्जना भएको छ।
















प्रतिकृया