कांग्रेस र एमालेबीच भागबन्डा नमिलेर गभर्नर नियुक्तिमा ढिलाइ भएको होइन : मन्त्री गुरुङ

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
कांग्रेस र एमालेबीच भागबन्डा नमिलेर गभर्नर नियुक्तिमा ढिलाइ भएको होइन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा ढिलाइ हुनुको कारण कांग्रेस र एमालेबीच भागबन्डा नमिलेर भएको भन्ने चर्चा असत्य भएको बताएका छन्।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्। मंगलबार पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले गभर्नर नियुक्तिका लागि गठित समितिले काम गरिरहेको जानकारी दिए।

“समयमै सिफारिस गर्ने गरी अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ, र समितिले काम गरिरहेको छ,” उनले भने , “दुई दलबीचको तानातानका कारण गभर्नर नियुक्ति रोकिएको भन्ने गलत हो, चाँडैभन्दा चाँडै गभर्नर पाउँछौँ ।” पूर्व गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ गते आइतबार सकिएको थियो। कानुनअनुसार बहालवाला गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गरिनुपर्ने व्यवस्था छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स