भोलिदेखि दरमखोला हाईड्रोले आईपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने?



दरमखोला हाईड्रो इनर्जी लिमिटेडले भोलि (असार ९) गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्दैछ। कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सेयरमध्ये १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ९१ हजार १५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।

आवेदन असार २३ गतेसम्म खुला रहनेछ, तर पर्याप्त आवेदन नपरे साउन ६ गतेसम्म लम्बिन सक्छ (वैदेशिक रोजगारीमा रहेका लागि भने अवधि स्थिर छ)। आवेदन फाराम लक्ष्मी सनराइज क्यापिटल, दरमखोला हाईड्रोको कार्यालय र वेबसाइट, तथा तोकिएका बैंक शाखाहरूबाट प्राप्त गर्न सकिन्छ। पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुल्नेछ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर