instainsta

भोलिदेखि दरमखोला हाईड्रोले आईपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने?

भोलिदेखि दरमखोला हाईड्रोले आईपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने?
AdvertisementAds

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले भोलि (असार ९) गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्दैछ। कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सेयरमध्ये १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ९१ हजार १५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।

आवेदन असार २३ गतेसम्म खुला रहनेछ, तर पर्याप्त आवेदन नपरे साउन ६ गतेसम्म लम्बिन सक्छ (वैदेशिक रोजगारीमा रहेका लागि भने अवधि स्थिर छ)। आवेदन फाराम लक्ष्मी सनराइज क्यापिटल, दरमखोला हाईड्रोको कार्यालय र वेबसाइट, तथा तोकिएका बैंक शाखाहरूबाट प्राप्त गर्न सकिन्छ। पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स