दरमखोला हाइड्रो इनर्जीको आईपिओ आजदेखि बिक्री खुला, क-कसले भर्न पाउने ?

दरमखोला हाइड्रो इनर्जीको आईपिओ आजदेखि बिक्री खुला, क-कसले भर्न पाउने ?

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गरेको छ। कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित बागलुङ र गुल्मीका बासिन्दाका लागि र २ लाख ९१ हजार ९५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। साथै, कर्मचारी र सामूहिक लगानी कोषका लागि क्रमशः ५८,३९० र १,४५,९७५ कित्ता सुरक्षित गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा असार २३ गते र ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन म्याद असार २३ गतेसम्म हुनेछ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले “IRN BB-” रेटिङ दिएको छ, जसले औसत जोखिम संकेत गर्छ। दरम खोला जलविद्युत आयोजना ९.६ मेगावाट क्षमताको हो, जसको कुल लागत २ अर्ब ३८ करोड र प्रतिमेगावाट लागत २५ करोड रुपैयाँ अनुमान गरिएको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंक शाखा तथा पावरहाउसबाट आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीहरूले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स