सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् । कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा.२झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन्।
उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए। उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन्। अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिँदा आक्रोशित हुँदै आएको एक स्थानीयले बताए।
आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा नआएपछि गाउँपालिकाका अध्यक्षकै घरअगाडी रोकेएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेकी हुन्। उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएकोमा गाडी समयमा नगएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताएका छन ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया