नेपालको अग्रणी डिजिटल भुक्तानी प्रणाली फोनेपेमार्फत सिटीपे वालेट पनि नेटवर्कमा जोडिएको छ। अब सिटीपे वालेट प्रयोगकर्ताले फोनेपेको राष्ट्रव्यापी क्युआर नेटवर्कमा भुक्तानी गर्न सक्ने भएका छन्। फोनेपेमार्फत हाल ६० भन्दा बढी बैंक र वित्तीय संस्था जडित छन्, र नयाँ डिजिटल वालेट पार्टनरहरू थपिँदैछन्।
सिटीपेले आफ्ना ग्राहकका लागि विशेष पर्व–अभियान पनि घोषणा गरेको छ। २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सिटीपे वालेटमार्फत कारोबार गर्ने प्रयोगकर्ताले अभियानमा भाग लिन सक्नेछन्। अभियान अवधिभर दुई भाग्यशाली विजेताले सामसुङ टेलिभिजन जित्नेछन्। विजेताहरू मासिक रूपमा घोषणा गरिनेछन्। यसका साथै, पाँच सय रूपैयाँभन्दा माथिको प्रत्येक क्युआर कारोबारमा २० रिवार्ड पोइन्ट दिइनेछ, जुन ग्राहकले नगद वा सेवा लिन प्रयोग गर्न सक्नेछन्।



















प्रतिकृया