चीन सरकारले विश्वविद्यालय र कलेजहरूमा “प्रेम शिक्षा” प्रदान गर्न आग्रह गरेको छ। यो कदम जन्मदर सुधार्न र जनसंख्या घट्दो समस्यालाई समाधान गर्न गरिएको हो। २०२३ मा चीनको जनसंख्या लगातार घटेपछि सरकारले विभिन्न उपायहरू लागू गर्दै आएको छ।
यो नयाँ कार्यक्रमले युवाहरूलाई विवाह र परिवारप्रति सकारात्मक सोच बनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ। जिआङसू सिन्हुआ समाचार समूहका अनुसार कलेज विद्यार्थीहरूले प्रजनन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन्। तर, हाल चीनका युवाहरूको प्रेम र विवाहप्रतिको धारणा धेरै फरक रहेको उल्लेख गरिएको छ।
नोबेम्बरमा राज्य परिषद्ले पनि स्थानीय सरकारलाई विवाह र बच्चा जन्माउनका लागि जनचेतना फैलाउने निर्देशन दिएको थियो। तर , जनसांख्यिक विज्ञहरूका अनुसार यी प्रयासहरूले लामो समयसम्म प्रभाव पार्न गाह्रो हुनभएकाले चीन सरकारले विश्वविद्यालय र कलेजहरूमा “प्रेम शिक्षा” प्रदान गर्न आग्रह गरेको छ। हाल चीनको जनसंख्या १.४ अर्ब मात्र रहेको छ। चीन सरकारले जनसांख्यिक दबाबको सामना गर्दै आएकाले भविष्यमा सरकारी खर्च र अर्थव्यवस्थामा थप चुनौतीहरू ल्याउन सक्ने समेत अनुमान गरिएको छ।
(एजेन्सीहरुको सहयोगमा)















प्रतिकृया