नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन् । नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यभार सम्हालेको दोस्रो दिनमा कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले २०८१ मंसिर १३ गतेदेखि लागू हुने गरी निरञ्जय घिमिरेलाई सो जिम्मेवारी प्रदान गरिएको हो। यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए। उनी २०८१ जेठ १७ गतेदेखि बोर्डको प्रवक्ता थिए।




















प्रतिकृया