बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले रवि लामिछाने र थप १४ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको हो।
यसअघि नै २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको थियो। यो प्रकरणमा अब सम्म कुल ४२ जनालाई प्रतिवादी बनाइएको छ। रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहितका प्रतिवादीहरूविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।



















प्रतिकृया