सिरहा-१ मा रास्वपाका बब्लु गुप्ता भारी मतान्तरले विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २४ गते
सिरहा-१ मा रास्वपाका बब्लु गुप्ता भारी मतान्तरले विजयी

सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरेका हुन्। चौधरीले ९ हजार ७८४ मत पाएका छन्।

यसैगरी नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत प्राप्त गरेका छन् भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाएका छन्। त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स