आजदेखि जन्मिएका पुस्ताहरु नयाँ नामले चिनिने, के हुनेछ नयाँ नाम ?



Advertisement
Ads

आज सन् २०२५को पहिलो दिन जनवरी १ (आज) देखि जन्मिएका पुस्तालाई नयाँ नामले चिनिनेछ।आज देखि जन्मिने बच्चाहरूलाई ‘जनरेशन बीटा’ (छोटकरीमा जेन-बिटा) नाम दिइएको छ। अब २०२५ देखि २०३९ सम्म जन्मने बच्चाहरूलाई जनरेशन बीटा भनेर चिनिनेछ। यो पुस्ता भविष्यका अत्याधुनिक डिजिटल प्रविधिहरूसँग परिचित हुनेछ, जुन अहिलेको समयमा कल्पना गर्न पनि सकिँदैन। उनीहरूले २२ औं शताब्दी हेर्न सक्ने सम्भावना पनि धेरै रहेको छ। सन् २०३५ सम्ममा यो पुस्ताले विश्व जनसंख्याको करिब १६% हिस्सा ओगट्ने अनुमान पनि गरिएको छ।

नामको अर्थ: जनरेशन बीटा
सामाजिक अध्येता मार्क म्याक्रिन्डलले यो पुस्ताको नाम ग्रीक अक्षर ‘बीटा’ बाट राखेका हुन्। जनरेशन बीटा यसभन्दा अघि रहेको जनरेशन अल्फालाई पछ्याएर ग्रीक अक्षर बीटा नाम राखिएको हो।


Advertisement

पुस्ताहरू
पछिल्ला १०० वर्षमा विभिन्न पुस्तालाई निम्न वर्षहरूको आधारमा चिनिन्छ:

ग्रेटेस्ट जेनेरेशन: १९०१-१९२७
साइलेंट जेनेरेशन: १९२८-१९४५
बेबी बुमर्स: १९४६-१९६४
जेनेरेशन एक्स: १९६५-१९७९
मिलेनियल्स: १९८०-१९९४
जेनेरेशन जेड: १९९५-२००९
जनरेशन अल्फा: २०१०-२०२४

जेन-बिटाको भविष्य र चुनौतीहरू
जेन-बिटा पुस्ताले नयाँ स्मार्ट टेक्नोलोजीसँगै जलवायु परिवर्तन, सामाजिक मूल्यहरूमा बदलाव, र बदलिँदो विश्वसामु सामना गर्नुपर्नेछ। तर, यो पुस्ता प्रविधिसँग सजिलै घुलमिल हुने र नयाँ चुनौतीहरूसँग लचिलो बन्ने अपेक्षा गरिएको छ। जेन-बिटा पुस्ता अहिलेका युवा मिलेनियल र जेन-जी अभिभावकका सन्तान हुनेछन्। अब, जेन-बिटा आठौं पुस्ता भई अगाडि बढ्दैछ।

जनरेशन बीटापछिको पुस्ता
यदि हालको नामाकरण प्रक्रिया जारी रह्यो भने जनरेशन बीटापछिको पुस्तालाई जनरेशन गाम्मा भनिनेछ। यो पुस्तामा २०४० देखि २०५४ बीच जन्मिने बच्चाहरू समावेश हुनेछन्।

एजेन्सीहरुको सहयोगमा

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर