अप्पर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

Apr 23, 2026

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको प्रवद्र्धनमा इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा सञ्चालित ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ। वैशाख ७ गते अपराह्न आयोजनाको टनेल आउटलेटमा रहेको मेन होल आकस्मिक रुपमा फुटेका कारण उत्पादनमा अवरोध आएको हो।

उक्त क्षति भएको संरचनाको मर्मत सम्भार कार्य सुरु भइसकेको र मर्मत सम्पन्न भई आयोजना पुनः सञ्चालनमा आएपछि सोको जानकारी गराइने कम्पनीले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स