यी ७ कम्पनीले बुक बिल्डिङ्ग विधिमार्फत आइपिओ निष्काशन गर्ने

Apr 22, 2026

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूका लागि सेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता भएका कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ। यस प्रक्रियामा यति बुअरी लिमिटेड, नर्भिक इन्टरनेशनल हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टील्स, पूर्वाञ्चल ल्युब आयल र नेपाल चिया विकास निगम लिमिटेड समावेश छन्।

यी कम्पनीहरूले बैशाख ८ सम्ममा नेप्सेसँग सम्झौता गरिसकेका छन्। सूचना अनुसार प्रत्येक कम्पनीको अंकित मूल्य १०० रुपैयाँ (यति बुअरीको ५० रुपैयाँ बाहेक) रहेको छ र संस्थागत लगानीकर्ताहरूको लागि छुट्टयाइएको कित्ता संख्या विवरणमा उल्लेख गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स