सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश प्रस्ताव

Mar 15, 2026

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको १७९ औं सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत रहेको छ। यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स