रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको संस्थापक तथा स्थानीयको सेयरको लक-इन अवधि समाप्त हुँदै

Apr 28, 2026

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि राखिएको सेयरको लक-इन अवधि समाप्त हुने सम्बन्धी सूचना सार्वजनिक गरेको छ। कम्पनीले २०८० जेठ ३० गते साधारण सेयर बाँडफाँड गरेको थियो।

धितोपत्र बोर्डको निर्देशन र नियमावली अनुसार संस्थापकहरूको १९,६०,००० कित्ता, कर्मचारीहरूको १५,०४७ कित्ता र स्थानीयको ८७,६७० कित्ता गरी कुल २०,६२,७१७ कित्ता सेयरको लक-इन अवधि २०८३ जेठ २९ गते समाप्त हुनेछ। सो पश्चात यी सेयरहरू कारोबारका लागि योग्य हुनेछन्।

थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स