नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा विभिन्न ८ लघुवित्त संस्थाहरू, तिनीहरूका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतहरूलाई कारबाही गरेको छ। न्यूनतम पुँजीकोष कायम नगर्ने आरम्भ चौतारी, गणपति, सामुदायिक, नेरुडे मिर्मिरे र सिवाईसी लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरिएको बैंकले जनाएको छ।
यस्तै, नियम विपरीत कर्मचारी पुनर्वहाली र आर्थिक लाभ दिएकोमा धौलागिरी लघुवित्तको सञ्चालक समितिलाई सचेत गराइएको छ। सिवाइसी लघुवित्तलाई सवारी खरिदमा विनियमावली उल्लंघन गरेको र नेरुडे मिर्मिरेका सिईओ भोजराज बस्याललाई कर्जा नोक्सानी व्यवस्थामा त्रुटि गरेको भन्दै कारबाही गरिएको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
