नेपाल प्रहरी प्रधान कार्यालयद्वारा अनुसन्धान र एनालिटिक्स प्लेटफर्म खरिदका लागि बोलपत्र आह्वान

Apr 24, 2026

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान र एनालिटिक्स प्लेटफर्म आपूर्ति, डेलिभरी र जडानका लागि दर्ता भएका आपूर्तिकर्ताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यसका लागि इच्छुक बिडरहरूले राष्ट्रिय वाणिज्य बैंकमा १००० रुपैयाँ राजस्व जम्मा गरी बोलपत्र कागजातहरू डाउनलोड गर्न सक्छन्।

इच्छुक बोलपत्रदाताहरूले २०८३ वैशाख २५ गते (८ मे २०२६) दिउँसो १२:०० बजेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ। बोलपत्र पेश गर्दा ५७,००० रुपैयाँ धरौटी आवश्यक पर्नेछ र बोलपत्र सोही दिन दिउँसो २:०० बजे खोलिने ब्यूरोले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स