नेपाल बीमा प्राधिकरणद्वारा सगरमाथा लुम्बिनी र लर्ड बुद्ध रिइन्स्योरेन्सलाई जरिवाना

May 7, 2026

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ र प्राधिकरणका निर्देशनहरू पालना नगर्ने दुई संस्थाहरूलाई कारवाही गरेको छ। प्राधिकरणले २०८३ वैशाख १५ गतेको निर्णयअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई सम्पत्ति बीमा निर्देशन विपरीत कार्य गरेकोमा दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका पालना नगरेकोमा पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स