नबिल बैंकले ग्राहकको गोपनीयता र कारोबार विवरण चुहावट भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको भ्रामक हल्लाको खण्डन गरेको छ। बैंकले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको गलत व्याख्या गर्दै अफवाह फैलाइएको स्पष्ट पारेको छ।
बैंकले कानूनी प्रक्रिया बमोजिम नियामक र अनुसन्धानकारी निकायलाई बाहेक अन्य कसैलाई पनि ग्राहकको विवरण उपलब्ध नगराएको जनाएको छ। यस्ता गलत प्रचार गर्नेमाथि विद्युतीय कारोबार ऐन अनुसार कानूनी कारबाही हुने चेतावनी समेत दिइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
