ज्योति विकास बैंकद्वारा नेपाल स्टार ढुंगा उद्योगको धितो लिलाम बिक्रीको सूचना

Apr 28, 2026

ज्योति विकास बैंक लिमिटेडले नेपाल स्टार ढुंगा उद्योग प्रा. लि. को नाममा रहेको कर्जा चुक्ता नगरेकाले धितोमा रहेको चल र अचल सम्पत्ति लिलाम बिक्रीका लागि ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस लिलामी प्रक्रियामा सहभागी हुन इच्छुक व्यक्ति वा फर्मले बैंकले तोकेको शर्तहरुको अधिनमा रही आवेदन दिन सक्नेछन्।

ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरुले बैंकको बक्यौता रकम भुक्तान नगरेपछि बैंकले जग्गा र सवारी साधनहरु लिलाम गर्न लागेको हो। इच्छुक बोलपत्रदाताले बैशाख २२ गते दिउँसो २ बजेभित्र बैंकको बिराटनगर शाखा कार्यालयमा बोलपत्र पेश गरिसक्नुपर्नेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स