जनकपुरधाम उप-महानगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति आवेदन खुला गरेको छ। इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गरिरहेको वा अध्ययन गर्न चाहेको विद्यालयमा गई आवेदन फाराम भर्नुपर्नेछ।
छात्रवृत्ति छनोटका लागि आवेदन दिने म्याद २०८३ वैशाख २१ देखि ३१ गतेसम्म तोकिएको छ। प्रवेश परीक्षा २०८३ जेठ ३ गते बिहान ८ बजे सम्बन्धित विद्यालयमै हुनेछ भने नतिजा जेठ ७ गते प्रकाशन गरिने उप-महानगरपालिकाले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
