हिमालयन बैंकको वीरगंज शाखाको बैंकिङ्ग सेवा स्थानान्तरण

Jul 30, 2026

हिमालयन बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. ६ महावीररोडमा रहेको आफ्नो वीरगंज शाखाको सम्पूर्ण बैंकिङ्ग सेवा अर्को स्थानमा स्थानान्तरण गरेको छ। सडक विस्तारका क्रममा पुरानो शाखा भवन सडक मापदण्डभित्र परी भत्किएकाले सेवा स्थानान्तरण गर्नुपरेको बैंकले जनाएको छ।

बैंकका अनुसार अब उक्त शाखाबाट प्रवाह हुँदै आएका सम्पूर्ण बैंकिङ्ग सेवाहरू वीरगंज महानगरपालिका वडा नं. १५ बाईपास रोडस्थित बाईपास रोड, वीरगंज शाखा कार्यालयबाट प्रदान गरिनेछ। यस स्थानान्तरणबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति बैंकले क्षमाप्रार्थी हुँदै थप जानकारीका लागि बाईपास रोडस्थित वीरगंज शाखाको फोन नम्बर ०५१-५२९९४३ र ५२९९५९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स