हिमालयन बैंक लिमिटेडले काठमाडौं लगायतका घरजग्गा लिलाम गर्दै

Apr 28, 2026

हिमालयन बैंक लिमिटेडले विभिन्न ऋणीहरूले लिएको कर्जाको सावाँ तथा ब्याज भुक्तानी नगरेको भन्दै धितोमा राखिएका घरजग्गा तथा चल अचल सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। बैंकले यसअघि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि बक्यौता चुक्ता नभएपछि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

इच्छुक व्यक्ति, फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको सम्बन्धित शाखा कार्यालयहरूमा गोप्य बोलपत्र पेश गर्नुपर्नेछ। लिलाम हुने सम्पत्तिहरूमा बारा, सुनसरी, धनुषा, चितवन, कञ्चनपुर र काठमाडौं लगायतका विभिन्न स्थानमा रहेका जग्गा तथा घरहरू रहेका छन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स