गुहेश्वरी फाइनान्सले ऋण नतिर्नेको तिन पुस्ते विवरण सार्वजनिक गर्यो, ३५ दिनभित्र ऋण नतिरे घरजग्गा लिलाम हुने

Apr 23, 2026

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले कर्जा लिई लामो समयदेखि सावा र व्याज नतिरेका ऋणीहरूलाई ३५ दिन भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। वित्तीय संस्थाले पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणीहरूले बेवास्ता गरेकोले यो अन्तिम सूचना प्रकाशित गरिएको हो। सूचनामा उल्लेखित समयभित्र ऋण चुक्ता नगरेमा धितो राखिएको चल अचल सम्पत्ति लिलाम गरी संस्थाको लेना रकम असुल उपर गरिने बैंकले जनाएको छ।

यस सूचनामा हेटौंडाका शुशिला अधिकारी र झापा दमकका उमा कुमारी गुरुङ्ग लगायतका ऋणी र तिनीहरूको जमानतकर्ताहरूको विवरण उल्लेख गरिएको छ। ऋणीहरूले व्यक्तिगत कर्जा र व्यक्तिगत आवसीय घर कर्जा अन्तर्गत लिएको ऋणको विवरण र धितो विवरण समेत सार्वजनिक गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स