गरिमा विकास बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीहरूलाई ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकबाट कर्जा लिएका तर पटक-पटकको ताकेतापछि पनि साँवा र ब्याज भुक्तानी नगर्ने व्यक्ति तथा संस्थाहरूलाई यो अन्तिम मौका दिइएको हो।
सूचना प्रकाशित भएको मिति २०८२/११/२७ बाट ३५ दिनभित्र सम्पूर्ण बक्यौता चुक्ता नगरेमा बैंकले धितो लिलाम बिक्री गरी वा अन्य कानूनी प्रक्रियामार्फत आफ्नो रकम असुल गर्ने चेतावनी दिएको छ। यसमा विभिन्न शाखाका दर्जनौं ऋणी र जमानीकर्ताको विवरण उल्लेख गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
