जर्मनीमा भेटिएको ताबीजले खोल्यो ईसाई धर्मको इतिहास

जर्मनीमा भेटिएको ताबीजले खोल्यो ईसाई धर्मको इतिहास

करिब ६ वर्षअघि जर्मनीमा गरिएको उत्खननका क्रममा एउटा अचम्मको मानव कंकाल फेला परेको थियो। अनुसन्धानकर्ताहरूले यो कंकाल तेस्रो शताब्दीको भएको अनुमान गरेका छन्।

कंकालको घाँटीमा एउटा ताबीज फेला परेको थियो, जसले अनुसन्धानलाई झन् रोमाञ्चक बनाएको छ। ताबीजमा चाँदीको तहमा १८ लाइनहरूमा लेखिएका शब्दहरू थिए, जसको रहस्य प्रविधिको सहायताले हालै मात्र खुलासा भएको छ। ताबीजमा लाटिन भाषामा येशू ख्रीष्टको प्रशंसा लेखिएको रहेछ।

अनुसन्धानले देखाएको छ कि यो कंकाल ईसाई धर्मको प्रारम्भिक कालको हो, जुन समयमा ईसाईहरूलाई आफ्नो धार्मिक आस्थाका कारण सत्ताको जोखिम सामना गर्नुपर्थ्यो। तर, फ्रान्कफर्टमा फेला परेका यो व्यक्तिको धार्मिक आस्था यति अडिग थियो कि उनले आफ्नो विश्वासलाई मृत्युपछि पनि चिहानमा बोकेर लगे।

जर्मन अखबार ‘डॉयचलैंडफुंक’ का अनुसार यस्ता ताबीजहरूलाई फिलेक्टरीज भनिन्थ्यो। प्राचीन समयमा मानिसहरू विश्वास गर्थे कि यी ताबीजहरूले सुरक्षा प्रदान गर्छन्। प्रोफेसर स्कोल्ट्जका अनुसार, यी ताबीजहरूमा प्रायः विभिन्न देवताहरूको नाम र लिपिहरू प्रयोग गरिन्थ्यो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स