एम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। कम्पनीले माघ २८ गते आह्वान गरेको साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशनसम्बन्धी विशेष प्रस्ताव पेश गर्ने तयारी गरेको हो।
साधारणसभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीको सेयरको प्रिमियम मूल्य निर्धारण गरी सर्वसाधारणमा आईपीओ जारी गर्ने तथा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समावेश गरिएको छ।
यसैगरी, सेयरको सार्वजनिक निष्काशनका लागि बिक्री प्रबन्धक तथा अण्डरराइटर नियुक्त गर्ने, आईपीओबाट संकलित रकमको उपयोगसम्बन्धी निर्णय गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश हुनेछ।
साधारणसभामा सञ्चालकहरूको पारिश्रमिक तथा भत्ताबारे निर्णय गर्ने, साथै बैंक तथा ऋणसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने प्रस्तावहरू पनि समावेश छन्।




















प्रतिकृया