किन अल्लु अर्जुनलाई २ महिनासम्म विदेश यात्रामा रोक लगाइयो ?

किन अल्लु अर्जुनलाई २ महिनासम्म विदेश यात्रामा रोक लगाइयो ?

तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई सन्ध्या थिएटर घटनासम्बन्धी मामिलामा नामपल्ली अदालतले नियमित जमानत दिए पनि केही कडा सर्तहरू लागू गरेको छ। अदालतले उनलाई ५० हजार धरौटीमा जमानत दिएको भए पनि आरोपपत्र दायर नभएसम्म वा अर्को दुई महिनासम्म विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। साथै, उनलाई प्रत्येक आइतबार अनुसन्धान अधिकृतसमक्ष उपस्थित भई हस्ताक्षर गर्न निर्देशन दिइएको छ।

विदेश यात्रामा रोकले अल्लु अर्जुनको व्यावसायिक जीवनमा चुनौती खडा गर्नसक्ने आँकलन गरिएको छ। उनका वकिलहरूले यस प्रतिबन्धविरुद्ध पुनः अपील गर्ने तयारी गरिरहेका छन्। यो मुद्दा ४ डिसेम्बरमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएपछि उठेको हो। तेलंगाना प्रहरीले १३ डिसेम्बरमा उनलाई पक्राउ गरेपछि तल्लो अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। तर, उच्च अदालतले त्यसै दिन उनलाई अन्तरिम जमानत दिएको थियो।

यसपछि, उनले नियमित जमानतका लागि निवेदन दिए, जसलाई अदालतले ३ डिसेम्बरमा स्वीकार गर्दै विदेश यात्रामा रोकलगाई सर्तसहित जमानत दिएको हो। विदेश भ्रमणको रोकले उनका अन्तर्राष्ट्रिय कार्यक्रम र फिल्म प्रमोशनमा असर पार्न सक्ने सम्भावना रहेको छ। यस्तो अवस्थामा उनका वकिलहरूले अदालतमा पुनः अपील गरी सर्तहरू खारेज गर्न प्रयास गरिरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स