नबिल बैंकले आदर्श बजगाइँलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। बैंकको सञ्चालक समितिको निर्णय अनुसार यो पदोन्नति असार १ गतेदेखि लागू हुनेछ।
बजगाइँ २०७६ कात्तिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट नबिलमा आएका थिए। चार्टर्डमा उनले १६ वर्ष काम गरेका थिए, जहाँ उनले ऋण, जोखिम व्यवस्थापन, वित्त लगायत विभागमा जिम्मेवारी सम्हालेका थिए। चार्टर्डको सिंगापुर, मलेसिया र थाइल्यान्ड शाखामा उनले ‘ट्रेनी’ का रूपमा काम गरेका बजगाइँले नबिलमा वित्त, अन्तर्राष्ट्रिय व्यापार, ट्रेजरी र पुँजीबजार हेर्दै आएका थिए।




















प्रतिकृया