आइतबारदेखि श्रीलंकामा विद्युत आपूर्ति अवरुद्ध भएको छ। बाँदर ग्रिड ट्रान्सफर क्षेत्रमा पुगेर विद्युतआपूर्ति अवरुद्ध भएको हो।
श्रीलंकाका ऊर्जामन्त्री कुमार जयकोदीले यस घटनाबारे जानकारी दिँदै भने, “बाँदरले ग्रिड प्रणालीमा पसेपछि पूरै विद्युत आपूर्ति प्रभावित भएको छ।” अहिले विद्युत आपूर्ति पुनःसञ्चालनको प्रयास भइरहेका छन्, र केही क्षेत्रमा विद्युत पुनः सुरु भएपनिअन्य क्षेत्रहरूमा त्यसको सुधारको काम जारी रहेको छ। मन्त्री जयकोदीले भने, “इन्जिनियरहरूले कार्यमा जुटेर जति चाँडो सकिन्छ विद्युत सेवा पुनःसञ्चालन गर्ने प्रयास गरिरहेका छन्।”
एउटा बाँदरले पूरै विद्युतीय प्रणालीमै असर पारेको सरकारी अधिकारीको प्रष्टीकरण पछि अहिले सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणी र आलोचना भइरहेका छन्। पछिल्लो समय श्रीलंकामा विद्युत संकटको इतिहास रहेको छ। २०२२ को आर्थिक संकटको समयमा इन्धनको अभावले विद्युत आपूर्तिमा दैनिक १३ घण्टासम्मका खण्डन गरिएका थिए।
















प्रतिकृया