८ अर्बको विमानस्थल घोटाला: प्रबन्धक फुयाँललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

८ अर्बको विमानस्थल घोटाला: प्रबन्धक फुयाँललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाँललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फुयाँललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स