रुप्से झरनाबाट १.८ मेगावाटको जलविद्युत् आयोजना बन्ने



Advertisement
Ads

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ मा अवस्थित प्रसिद्ध रुप्से झरनाबाट खसेको पानीको उपयोग गरी १.८ मेगावाट क्षमताको तल्लो रुप्से जलविद्युत् आयोजना निर्माण गरिने भएको छ।

रुप्से खोलाको पानी प्रयोग गर्दै गुल्मी हाइड्रोपावर कम्पनीले नदी प्रवाही (रन अफ दि रिभर) प्रविधिमा आधारित यो आयोजना निर्माण गर्न लागेको हो। आयोजनाको विकासका लागि कम्पनीले विद्युत् विकास विभागमा आवश्यक दरखास्त पेश गरिसकेको छ।

कम्पनीका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वि.सं. २०७७ जेठ २३ गते स्वीकृत भइसकेको छ। साथै, आयोजनाको पछिल्लो अद्यावधिक सम्भाव्यता अध्ययन प्रतिवेदन सन् २०२२ को अगस्ट महिनामा सम्पन्न गरिएको थियो।

विद्युत् विकास विभागले सार्वजनिक गरेको विवरणअनुसार आयोजनाको डिजाइन बहाव १.८६ घनमिटर प्रति सेकेन्ड रहनेछ भने समग्रगत हेड १२६.१४ मिटर रहनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर