कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र छनोट भएका छन् ।
असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवमा नेपाल बाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईकालगायत देशका आठ चलचित्र छनोट भएका महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिएका छन् ।
नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको उनले बताए । “महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । यसपटक चलचित्र भवनमै छनोट भएका सामग्री प्रदर्शन गर्ने तयारी गरेका छौँ”, निर्देशक क्षेत्रीले बताएका छन् ।
उहाँका अनुसार महोत्सवमा विदेशी चलचित्रतर्फ फुल्स, द चेस्लर , वृतचित्रतर्फ वि ह्याभ नेभर विन किड्स, ह्वाईट पोसन तथा लघु चलचित्रतर्फ डाईनिज, अफस्प्रिङ, सर्भाईभर र इग्नोरेन्स इज अ लाईफस्टाईल छनोट गरिएका छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित छनोट भएको छ । वृतचित्रतर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम तथा लघु चलचित्रतर्फ सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड छनोट भएका छन् ।
महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुनेसमते आयोजकले जनाएको छ ।
#BajarkoChirfar #bazarkochirfar

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया