अर्थमन्त्री वर्षमान पुनले १० वर्षमा ३० खर्बको आईटी निर्यात महत्वकांक्षी सुनिएको भएपनि सम्भव भएको बताएका छन्। बुधबार अर्थमन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
मन्त्री पुनले पत्रकार सम्मेलन सम्बोधन गर्दै नेपाल भु-अवस्थितिको कारण अन्य क्षेत्रमा प्रतिस्पर्दा गर्न नसके पनि आईटीमा प्रतिस्पर्दी बन्न सक्ने बताए। नेपालको समग्र निर्यात २ खर्ब भन्दा कम रहेको बेला ३० खर्बको निर्यात गर्छौ भन्ने महत्वकांक्षी सुनिए पनि तथ्याङ्कमा बसेर गरिएको दाबी भएको बताएका छन्।
उनले काठमाण्डौलाई केन्द्र बनाएर यसलाई प्रोमोट गर्ने र यसको लागि चाहिने इन्टरनेट, विद्युत र सुरक्षा सेवालाई सरकारले ग्यारेन्टी गर्ने समेत बताए।
यस्ताे छ मन्त्री पुनको भनाइ:
“नयाँ क्षेत्र भनेको आईटी हो हामीले आईटी विज्ञ उद्यममा रहेका, व्यवसायमा रहेका साथीहरूसँग लामो अन्तर्क्रिया गर्यौ, राष्ट्रिय अन्तराष्ट्रिय अनुभव हेर्यौ, हाम्रो भु-अवस्थितीले ठूलो औद्योगिक प्रतिस्प्रधा सीमित क्षेत्रमा मात्र गर्न सक्छौ तर आईटी क्षेत्रमा राम्रो प्रतिस्प्रधी बन्न सक्ने हाम्रो जनशक्ति र हाम्रो अवस्था र अहिले गरेको प्रयत्नले यो सम्भव देख्यौ र १० वर्षमा ३० खर्ब आईटी निर्यात गर्न सक्छौ भन्ने हाम्रो तथ्याङ्कमा बसेर गरिएको दाबी हो। यो अहिले हेर्दा के भनेको जस्तो लाग्ला, २ खर्ब भन्दा मुनी हाम्रो समग्र निर्यात हो, हामीले ३० खर्ब भन्दा महत्वकांक्षी सुनिएका तर सम्भव छ। यसको लागि काठमाडौँमा तत्काल अहिलेनै सम्बन्धित मन्त्रालय सँग अन्तर्क्रिया भएको छ कि सरकारी संरचनामा आगामी आर्थिक वर्षको लागि केही क्षेत्र ज्ञान पार्क र केही क्षेत्र वर्कस्टेशनको रूपमा सरकारी पूर्वाधारमा ३ वर्ष कुनै शुल्क नलिई वर्कस्टेशन विकास गर्ने गरी सबै तयारी गरी यो घोषणा गरिएको हो सामान्य हैन।”
बुटवलमा अहिले अन्तराष्ट्रिय सम्मेलन केन्द्र छ, त्यसको परिसरमा केहि ठाउँ छ कुरा गरेर त्यो ठाउँमा तत्कालनै आईटी हबको रूपमा विकास गर्ने र सातै प्रदेशमा आईटी हबको काम अगाडि बनाउने छौं। काठमाण्डौलाई केन्द्र बनाएर यसलाई प्रोमोट गर्ने र यसको लागि चाहिने इन्टरनेट, विद्युत र सुरक्षा सेवालाई सरकारले ग्यारेन्टी गर्ने र यो क्षेत्रलाई सरकारले प्रोमोट गर्ने बताए।”
#bajarkochirfar








![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया