स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए ।
योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।
त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया