नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका नियमहरूको खुलेआम उल्लंघन गर्दै मनपरीतन्त्र चलाइरहेको छ। कम्पनीले दूरसञ्चार प्राधिकरणले गर्न भनेको नीति पालन नगर्ने तर अनुमति नै नपाएका क्षेत्रमा बल प्रयोग गरी गैरकानुनी रूपमा सेवा विस्तार गर्ने गरेको पाइएको छ। वर्ल्डलिंकले अनुमति बिना नै देशभरमा आफ्नो ‘फ्री वाईफाई’ सेवा विस्तार गरीरहेको छ, जसले गम्भीर सुरक्षा जोखिमहरू उत्पन्न गरेको छ। यो मनपरीतन्त्रको परिणामस्वरूप धेरै मानिसको फेसबुक खाताहरू ह्याक हुनुका साथै कतिपयको बैंक खाता समेत रित्तिएको आरोप लागेको छ।
फ्री वाईफाईले बढाएको सुरक्षा जोखिम
वर्ल्डलिंकले यसरी फ्री वाईफाई सेवा दिएर जनतालाई सहज इन्टरनेट पहुँच पुर्याएको देखिए पनि यसको प्रयोगले ठूलो सुरक्षासम्बन्धी जोखिम उत्पन्न गरेको छ।। वर्ल्डलिंकले पोल-पोलमा फ्री वाईफाई राख्दै गर्दा केही ठाउँमा आधिकारिक रूपमा नराखिएको वाईफाईको फाइदा उठाउँदै ह्याकरहरूले सजिलै गर्ने फेक नेटवर्क सेटअपले मानिसहरूलाई ठग्न सजिलो बनाएको छ। उनीहरूले फेसबुक जस्तो देखिने नकली वेबपेजहरू बनाएर प्रयोगकर्ताहरूलाई आफ्नो लगइन विवरण हाल्न उक्साउँछन्, जसको परिणामस्वरूप व्यक्तिगत जानकारी र पासवर्ड चोरी हुने गरेको पाइएको छ। यसकै माध्यमबाट ह्याकरहरुले मानिसहरुको बैंक खातामा समेत पहुँच बनाउने र बैंक खाता रित्याउने गरेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन्।
अनुमति बिना सेवा विस्तार

वर्ल्डलिंकले आफ्नो विज्ञापनमा देशभरका १४,००० भन्दा बढी हटस्पटबाट ‘एक्सप्रेस वाईफाई’ मार्फत जुनसुकै समयमा इन्टरनेट सेवा उपलब्ध गराइने बताएको छ। तर, यसले प्राधिकरणको अनुमति बिना नै ‘वाईफाई मोबिलिटी’ सेवा विस्तार गरिरहेको छ, जुन कानुनविपरीतको काम हो।
नेपाल दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीले बजारको चिरफारलाई दिएको जानकारीअनुसार वर्ल्डलिंकले कानुनको छिद्रको प्रयोग गर्दै नियमहरूको धज्जी उडाएको छ। ती अधिकारीले नाम नखुलाउने सर्तमा भने, “वर्ल्डलिंक अहिलेको ‘डन’ जस्तो बनेको छ। न त यसले कसैको नियम मान्छ, न त कसैले यसलाई रोक्न सक्छ। नेपालमा इन्टरनेट सेवाका लागि दुई प्रकारका अनुमति दिइन्छ—टेलिकम कम्पनीहरूलाई र इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई। मोबिलिटीको काम टेलिकम कम्पनीहरूले मात्र गर्न पाउने अनुमति छ, जबकि आईएसपीहरूलाई निश्चित बन्द क्षेत्रभित्र मात्र सेवा दिने अनुमति मात्रै छ। तर, वर्ल्डलिंकले भने अनुमति बिना नै मनपरीतन्त्र चलाएको छ।’

वर्ल्डलिंकले २०७५ सालमा नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको वाईफाई हटस्पट सञ्चालन विनियमावलीको पालना गर्दै सुरुमा मुख्य सार्वजनिक स्थलहरूमा फ्री वाईफाई विस्तार गर्न थालेको थियो। सो नियमअनुसार, वाईफाई हटस्पट बसपार्क, विमानस्थल, रेस्टुरेन्ट, सपिङ मलजस्ता स्थानहरूमा मात्र राख्न पाइन्छ। तर वर्ल्डलिंकले एक पछि अर्को विस्तार गर्दा रोक्ने कोही नभएपछि नियमको उल्लंघन गर्दै शहरभरका बिजुली पोलहरूमा वाईफाईका बक्स राख्दै हिनेको छ।

हामीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पोल-पोलमा फ्री वाईफाई राख्ने अनुमति दिएका छैनौँ। अनुमति पाएका विशेष सार्वजनिक स्थलहरूमा मात्र यस्ता सेवा विस्तार गर्न सकिन्छ। तर, वर्ल्डलिंकले नियमविपरीत मनपरी गरिरहेको छ।” प्राधिकरणका एक अधिकारीले भने।
ती अधिकारीका अनुशार वर्ल्डलिंकको यो मनपरीतन्त्र रोक्न नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत वर्ष २ पटक ( भाद्र १८ र फाल्गुन ६ गते) यो दूरसञ्चार प्राधिकरणमा निवेदन समेत दिएको थियो। तर प्राधिकरणले किन अनुमती विपरीत वर्ल्डलिंकले गरेको कार्य रोक्न नसकेको आफूलाई समेत थाहा नभएको प्रतिक्रिया ती अधिकारीले दिए।
वर्ल्डलिंकले यसरी फ्री वाईफाई सेवा दिएर जनतालाई सहज इन्टरनेट पहुँच पुर्याएको देखिए पनि यसको गम्भीर सुरक्षा जोखिमहरू छन्। नेपाल दूरसञ्चार प्राधिकरणले पनि यसअघि सार्वजनिक स्थलहरूमा रहेका वाईफाई प्रयोग गरी बैंकिङ सेवा नगर्न चेतावनी दिएको थियो।
विगतमा नेपालमा धेरै मानिसको फेसबुक खाता ह्याक भएको घटना सुन्नुभएको होला। वर्ल्डलिंकले पोल-पोलमा फ्री वाईफाई राख्दै गर्दा, केही ठाउँमा आधिकारिक रूपमा नराखिएको वाईफाईको फाइदा उठाउँदै ह्याकरहरूले सजिलै फेक नेटवर्क सेटअप गरेर यसलाई फेसबुकजस्तो देखाउँथे। मानिसहरूले आफ्नो फेसबुक अकाउन्ट लग इन गर्न खोज्दा सजिलै ह्याक हुने गर्थ्यो। यसबाट सामाजिक सञ्जालका पासवर्ड र व्यक्तिगत जानकारीहरू ह्याकरहरूको हातमा पर्थे। यस जोखिमलाई बुझेर कतिपय बैंकहरूले वर्ल्डलिंकको फ्री वाईफाईमा आफ्नो एप नै नचल्ने बनाएका छन्। फ्री वाईफाईको दुरुपयोगले कतिपयको बैंक खाता रित्तिएकोसमेत पाइएको छ।

प्रतिकृया