भारतमा अप्रिल १४ बाट सुरु भएको निर्वाचनको मतगणना आजबाट सुरु भएको छ। देशभरका विभिन्न प्रान्तमा ७ चरणमा भएको निर्वाचन बाट भारतीय राजनीतिक दलहरु लोक सभाको ५४३ सिटमा प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका थिए। तेश्रो पटक विजयको लागि मैदानमा उत्रेका नरेन्द्र मोदीलाई भने प्रारम्भिक मतपरिणामले धक्का दिएको छ।
यतिबेला भारतमा मतगणना चलिरहेको छ। भारतीय निर्वाचन आयोगको जानकारी अनुसार हालसम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले २ विजय र २३९ स्थानमा अग्रता लिँदै पहिलो स्थानमा छ। यस्तै दोश्रोमा अघिल्लो निर्वाचनमा जम्मा ५३ सिटमा समेटिएको भारतीय नेशनल कांग्रेस १ ठाउँमा जीत निकाल्दै ९९ ठाउँमा अग्रता लिएको छ।
नेपालमा जस्तै निर्वाचनका लागि भारतमा पनि राजनीतिक दलहरु गठबंधन नै गरेर मैदानमा उत्रिएका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीको नेतृत्वमा नेशनल डेमोक्रेटिक एलायन्स र प्रमुख प्रतिपक्षदल कांग्रेसको नेतृत्वमा अन्य २६ दल सहित इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ एलायन्स गठन गरेका थिए।
सन २०१९ को निर्वाचनमा सत्तारुढ गठबंधन सँग ३५३ सिट थियो। अहिले पनि तिनै राजनीतिक दल गठबन्धन बनाएर मैदानमा उत्रिएका हुन्।
५४३ सिटको लोक सभामा बहुमत र प्रधानमन्त्री बन्न राजनीतिक दल वा दलहरुको समूहले २७२ सिट ल्याउनु पर्छ। हालसम्मको मतगणनाको परिणाम अनुसार प्रधानमन्त्री मोदीको गठबंधन २९० सिटमा अग्रता लिएको देखिन्छ। निर्वाचन अघि मोदीको गठबन्धनले ४०० बढी सिट ल्याउने विभिन्न भारतीय सञ्चार माध्यम र उनीहरूको प्रक्षपणले देखाएको थियो।
#bajarkochirfar














प्रतिकृया