लगानीकर्ताहरुलाई संयमित रहन अर्थ मन्त्रालयको आह्वान, लगानी सम्मेलन लगत्तै छलफल गर्ने प्रतिबद्दता

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख १५ गते
लगानीकर्ताहरुलाई संयमित रहन अर्थ मन्त्रालयको आह्वान, लगानी सम्मेलन लगत्तै छलफल गर्ने प्रतिबद्दता

अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा. सूर्यबहादुर थापाले लगानी सम्मेलन लगत्तै सेयरबजारका समस्या समाधानका लागि सेयर लगानीकर्ताहरुसँग छलफल गर्ने बताएका छन्। उनले बजारको चिरफारसँग कुरा गर्दै अहिले लगानी सम्मेलनको कारण अर्थमन्त्री व्यस्त रहेको हुदाँ समय नमिलेको र सम्मेलन सकिएलगत्तै पूँजीबजारमा देखिएका समस्या समाधानका लागि छलफल गर्न प्रतिबद्ध रहेको बताए।

उनले पूँजीबजारका समस्याहरुसँग अर्थमन्त्रालय र अर्थमन्त्री स्वयं जानकार रहेको र लगानी सम्मेलन सम्पन्न भएलगत्तै पूँजीबजारका प्रतिनिधि र अर्थमन्त्रीसँग भेटघाट गराई समस्या समाधानको बाटोमा जाने प्रतिबद्धता व्यक्त गरे। उनले भने ‘अर्थमन्त्री र सेयर लगानीकर्तासँग छलफलका लागि पहल गर्छु, याे मेरो वचन नै भयो।’

थापाले लगानी सम्मेलन सफल पार्नु सबैको कर्तव्य भएको र सेयर लगानीकर्ताहरुलाई लगानी सम्मेलन सफल पार्न आह्वान समेत गरे।

सेयर लगानीकर्ताहरु सरकारले पूँजीबजारका समस्याहरू नसुनेको र स्वदेशी लगानीकर्ता मारेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका छन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेजबिज शर्ट्स