लगानीकर्ताहरुले लगानी सम्मेलनलाई लक्षित गर्दै पूँजीबजार विकास र नीतिगत समस्या समाधानको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। लगानीकर्ता उपेन्द्र पाठकको संयोजकत्वमा आज बसेको छलफल समितिले योजनाबद्ध आन्दोलनको योजनाको खाका सार्वजनिक गरेको छ।
समितिको अनुसार भोलि १ बजे काठमाडौंको माइतीघरमा कालो रिबन बाँधेर आन्दोलन गर्ने कार्यक्रम रहेको छ। समितिले रचनात्मक प्रहसन सहितको आन्दोलन गर्ने जनाएको छ।
यस्तै पर्सी आईतबार लगानीसम्मेलनको दिन कस्तो आन्दोलन गर्ने भन्ने भोलि छलफलपछि निर्णय हुने जनाएको छ।
१) स्वदेशी लगानीको सुरक्षा गर, नसके स्टकमार्केट बन्द गर।
२) स्वदेशी लगानीको संरक्षण गर, लगानीको वातावरण तयार गर।
३) ६२ लाख लगानीकर्तालाई विदेश पलायन गराउने स्थायी काम बन्द गर।
४) लगानीमैत्री नीति लागु गर।
५) लगानीकर्तामारा मौद्रिक नीति र लगानी क्याप खारेज गर।
६) नियामक निकायमा योग्य व्यक्ति अबिलम्ब नियुक्ति गर।
७) पूँजीबजार माथिको नाङ्गो हस्तक्षेप बन्द गर।
८) प्रिमियममा आइपिओ जारी गर्ने काम बन्द गर।
९) नियमनकारी निकायमा स्वार्थ समुहको भर्ती बन्द गर।
१०) संस्थागत लगानीकर्ता भित्र्याउने वातावरण तयार गर।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






प्रतिकृया