मुकुल ढकालको आरोपबारे स्वर्णिम भन्छन्, सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ४ गते
AdvertisementAds
मुकुल ढकालको आरोपबारे स्वर्णिम भन्छन्, सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले बताएका कुरा साँचो नभएको बताएका छन् ।

पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी उपसभापति डा. वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए । यो कुराकानीको कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

हिजो एक कार्यक्रमपछि डा. वाग्लेलाई एक सञ्चारकर्मीले प्रश्न राखे, ‘के यो आरोप सही हो ?’

सिधै नकार्दै वाग्लेले भने, ‘त्यो वाहियात हो । यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन । हाम्रो प्रवक्ताले नै जवाफ दिइसक्नुभएको छ ।’

यस्तो गम्भीर आरोपमा पनि जवाफ नदिने ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘तपाईँ सडकका गँजेडीहरुले गरेका कानेखुसीको बारेमा जवाफ दिएर साध्य हुन्छ ?’

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स