रियल इस्टेट संकट: भारतका प्रमुख सहरहरूमा घर बिक्रीमा ठूलो गिरावट

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
रियल इस्टेट संकट: भारतका प्रमुख सहरहरूमा घर बिक्रीमा ठूलो गिरावट

कोरोना महामारीपछि भारतको घरजग्गा बजारमा आएको उछाल अब घट्न थालेको छ। हालैको तथ्यांकअनुसार, जुलाई–सेप्टेम्बरको त्रैमासिक अवधिमा देशका ९ प्रमुख सहरहरूमा घर बिक्री १८ प्रतिशतले घट्ने अनुमान छ। प्रोपइक्विटीको रिपोर्ट अनुसार, यस अवधिमा १ लाख ४ हजार ३ सय ९३ युनिट मात्र बिक्री हुने सम्भावना छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ लाख २६ हजार ८ सय ४८ युनिट थियो।

सहरहरूमा गिरावट हेर्दा, हैदराबादमा सबैभन्दा धेरै ४२ प्रतिशत गिरावट हुने अनुमान छ। यसपछि बेंगलुरुमा २६ प्रतिशत, कोलकातामा २३ प्रतिशत, पुणेमा १९ प्रतिशत, चेन्नईमा १८ प्रतिशत, मुम्बईमा १७ प्रतिशत, र ठाणेमा १० प्रतिशतले घट्ने देखिन्छ। यद्यपि दिल्ली-एनसीआरमा घर बिक्री २२ प्रतिशतले बढ्ने सम्भावना छ भने नवी मुम्बईमा ४ प्रतिशत वृद्धि हुने अनुमान छ।

विज्ञहरूका अनुसार, पछिल्लो दुई वर्षमा घरजग्गाको मूल्य ५० देखि ७० प्रतिशतसम्म बढेको छ। किफायती प्रोपर्टीहरूको अभाव र लक्जरी परियोजनाहरूमा मात्र ध्यान केन्द्रित हुँदा मध्यम वर्गका लागि घर खरिद कठिन बनेको छ। बजारमा लगानीकर्ताको ठूलो सहभागिता रहेको र एड यूजरहरू घटिरहेको हुँदा दीर्घकालीन रूपमा यो स्थितिले घरजग्गा बजारमा गिरावट निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

बेंगलुरुमा जुलाई–सेप्टेम्बर अवधिमा २५ प्रतिशत घटेर १३ हजार ३ सय ५५ युनिट बिक्री हुने अनुमान छ, जुन अघिल्लो वर्षको १७ हजार ९ सय ७८ युनिट थियो। हैदराबादमा ४२ प्रतिशतले घटेर १२ हजार ८२ युनिट, चेन्नईमा १८ प्रतिशतले घटेर ४ हजार ६ सय ३४ युनिट, र कोलकातामा २३ प्रतिशतले घटेर ३ हजार ५ सय ९० युनिट मात्र बिक्री हुने देखिन्छ। मुम्बईमा १७ प्रतिशतले घटेर १० हजार ९ सय ६६ युनिट बिक्री हुने अनुमान गरिएको छ, जबकि नवी मुम्बईमा भने ४ प्रतिशतले बढेर ७ हजार ७ सय ३७ युनिट बिक्री हुने सम्भावना छ।

_एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स