चीनको सरकारी स्वामित्वमा रहेको कम्पनी स्पेससेल ले ब्राजिलमा स्याटलाइट सेवा सुरु गर्ने घोषणा गरेको छ।स्पेससेलले उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्न लो अर्थ अर्बिट (LEO) स्याटलाइट प्रयोग गर्नेछ। यो घोषणा चिनियाँ राष्ट्रपति सी जिनपिङको ब्राजिल भ्रमणको क्रममा भएको हो। सीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग सहकार्यलाई नयाँ स्तरमा पुर्याउने सम्झौता गरेका छन्।
स्पेससेलले ब्राजिलको सरकारी टेलिकम कम्पनी टेलिब्रास सँग सहकार्य गर्दै फाइबर अप्टिक इन्टरनेट नपुगेका क्षेत्रमा इन्टरनेट सेवा पुर्याउने योजना बनाएको छ। ब्राजिलको सञ्चार मन्त्रालयका अनुसार यो सेवा २०२६ सम्म सञ्चालनमा आउनेछ।एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालनमा रहेको स्टारलिंकले ब्राजिलको स्याटलाइट इन्टरनेट बजारको करिब आधा हिस्सा ओगटेको छ। तर, मस्क र ब्राजिल सरकारबीच भने आन्तरिक द्वन्द देखिएको छ।
मस्कको सामाजिक सञ्जाल एक्समा उग्रबादी सामग्री फैलाएको भन्दै ब्राजिल सरकारले हटाउन भनेको आदेश पालना गर्न अस्वीकार गरेपछि अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो।
स्टारलिंकले पनि यसको असर भोग्दै जरिवाना तिर्नुपरेको थियो। पछि मस्कले विवादित अकाउन्ट हटाएका थिए।















प्रतिकृया