नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनी र उनीहरूको परिवारले आफ्नै संस्थाबाट कर्जा लिने व्यवस्थामा कडाई गरेको छ।
राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशनमा संस्थापक सेयरधनीले चुक्ता पुँजीको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर राखेका भए, उनीहरूले आफ्नै संस्थाबाट कर्जा वा गैरकोष सुविधा लिन नपाउने व्यवस्था गरिएको छ।
यसअघि, १ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी, उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई कर्जा र गैरकोषमा आधारित सुविधा नदिने प्रावधान थियो। नयाँ निर्देशनमा यो सीमा घटाएर ०.५ प्रतिशत गरिएको छ। साथै, इजाजतपत्रप्राप्त संस्थामा १ प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, संचालक, कार्यकारी प्रमुख तथा उनीहरूको परिवारका सदस्यहरूको स्वामित्वमा रहेको सम्पत्तिलाई सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पनि रोक लगाइएको छ।











![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-768x432.jpg)







प्रतिकृया