होटेल व्यवसायी संघ चितवनले आज एक विज्ञप्ति जारि गर्दै बेपत्ताका आफन्तलाई चितवनका होटलहरुमा निशुल्क खाना वस्नको व्यवस्था गरिएको जानकारी गराएको छ ।
संघले यहि मिति २०८१ साल असार २८ गते विहान करिव साढे तीन बजे तिर नारायणगढ मुग्लिन सडकको सिमलतालमा आएको पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको घटना प्रति होटल व्यवासयी संघ चितवन दुःख व्यक्त गर्दै यस्तो घोषणा गरेको हो ।
पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी र उद्दारमा सहयोग पुऱ्याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको हो ।
बाढि पहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएकोले पहिरोमा परि बेपत्ता भएका आफन्तको खोजि कार्यको लागि आउँदा भनेको समयमा पैसा नहुने र पैसा नभएकै कारण आफन्तको खोजि कार्य नरोकियोस् भन्ने हेतुले बेपत्ताका आफन्तलाई चितवनका होटलहरुमा निशुल्क खाना वस्नको व्यवस्था गरिएको जानकारी गराउँदै अन्य आवश्यक सहयोगको लागि पनि होटल व्यवसायी संघ चितवन तयार रहेको विज्ञप्तिमा उल्लेख छ। साथै, अन्य विभिन्न सरोकारवालाहरुलाई पनि पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्यमा आ-आफ्नो ठाउँवाट सक्दो सहयोग गर्न अपिल गरेका छन् ।


प्रतिकृया