विश्वकै ठुलो ई- कमर्स ‘अमेजन’का संस्थापक जेफ बेजोसले आफ्नो स्वामित्वमा रहेको २ करोड ५० लाख कित्ता सेयर बेच्ने योजना बनाएका छन। अमेजनको सेयर मूल्य हालसम्मकै उच्च पुगेपछि बेजोसले सेयर बिक्री गर्ने योजना बनाएका हुन्। उनले मंगलबार अमेरिकी स्टक एक्सचेन्जलाई सेयर बेच्ने जानकारी दिएका थिए।
मंगलबार अमेजनको सेयर मूल्य हालसम्मकै उच्च २००.४३ डलर पुगेपछि बेजोसले सेयर बेच्ने योजना बनाएका हुन। सञ्चार माध्यम र सामाजिक सञ्जालमा उनको यो योजना फैलिएपछि बुधबार अमेजनको सेयरमूल्य १.४२ प्रतिशतले घटेर १९७.५९ डलरमा बन्द भएको थियो।
बेजोसले २ करोड ५० लाख कित्ता अमेजनको सेयर बेचेपछि उनीसँग ९० करोड कित्ता भन्दा बढी अमेजनको सेयर बाँकी रहने अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्।
उनले यो वर्ष फेब्रुअरीमा अमेजनको ५ करोड कित्ता सेयर बेचेका थिए । त्यस्तै, मेको अन्तिम तिर पनि उनले अमेजनको १० लाख सेयर बेचेका थिए जसबाट आउने आम्दानी उनले सञ्चालन गर्दै आएको गैरनाफामूलक विद्यालयलाई अनुदान दिने बताएका थिए।
‘अमेजन’का संस्थापक जेफ बेजोस फोर्ब्स विश्वधनाढ्य सूचीमा २१४.३ अर्ब डलर सहित दोश्रो स्थानमा छन्।
#Bajarkochirfar #bajarkochirfar











![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया