अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सत्ता हस्तान्तरण अघि ह्वाइटहाउसमा भेटवार्ता भएको छ। बाइडनले ट्रम्पलाई बधाइ दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमति जनाएका छन्। बाइडनले ट्रम्पलाई कुनै अवरोध नगरी सत्ता हस्तान्तरण गर्ने आश्वासन दिएका छन्।
भेटका क्रममा ट्रम्पले राजनीतिलाई चुनौतीपूर्ण भए पनि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै बाइडनको आतिथ्यतालाई सराहना गरेका छन्। यस भेटमा उपराष्ट्रपति कमला ह्यारिस भने सहभागी थिइनन्।
सन् २०२० मा बाइडन निर्वाचित हुँदा ट्रम्पले उनलाई ह्वाइटहाउसमा आमन्त्रण नगरेका थिए, र शपथ ग्रहणमा समेत अनुपस्थित रहेका थिए। ट्रम्पको शपथ ग्रहण समारोहमा भने यस पटक बाइडन सहभागी हुने योजना छ। ट्रम्प २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ लिने तयारीमा छन्।
















प्रतिकृया