बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ११ गते
बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भीमप्रसाद आचार्यले बजेट माथि सांसदले राखेकोे चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताए।

“गत जेठ १५ गते बजेट प्रस्तुत भइरहेदेखि संसद्मा लगातार छलफल भइरहेको छ, असन्तुलित बजेट परिमार्जन हुन्छ कि हुँदैन ?”, उनले प्रश्न गरे, “बजेटमा छलफल बहस र तर्क गर्ने, तर ‘हुन्छ’, ‘हुँदैन’ भनेर पारित गर्ने हो भने छलफलको अर्थ हुँदैन ।”

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स