बक्यौता नतिरेका २८ वटा उद्योगमा बिजुली पुनःजोड्ने प्राधिकरणको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
बक्यौता नतिरेका २८ वटा उद्योगमा बिजुली पुनःजोड्ने प्राधिकरणको निर्णय

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले हालै बिजुली लाइन काटिएका उद्योगहरूको विद्युत पुनःजोड्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकमा यसबारे निर्णय गरिएको सञ्चालक समितिका सदस्यले जानकारी दिए। अब बक्यौता नतिरेका कारण विद्युत काटिएका २८ वटा उद्योगमा पुनःबिजुली उपलब्ध गराइनेछ।

यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनका बक्यौता नतिरेका उद्योगहरूको बिजुली काटेको थियो। साथै, आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र विद्युत् पुनःजोड्न र १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स