फ्रान्सेली प्रहरीले समुन्द्री मार्गबाट फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
प्राप्त जानकारीका अनुसार स्थानीय समय अनुसार राति १ बजे डुङ्गा बोलोग्ने–सोस–मारेको उत्तरमा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो । यो रबर जहाजमा करिब ५० जना सवार थिए। किनारबाट निस्किएको केही समयपछि डुङ्गा डुब्न थाल्यो ।यो घटनाको दुई साताअघि यही क्षेत्रमा आप्रवासीले भरिएको डुङ्गा डुबेर ६ बालबालिका र एक गर्भवती महिलासहित १२ जनाको मृत्यु भएको थियो । बेलायती सरकारका प्रवक्ताले घटनाको पुष्टि गर्दै फ्रान्सेली अधिकारीहरूले यस विषयमा अनुसन्धानको नेतृत्व गरिरहेको बताएका छन्।
बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘समुद्री मार्गमा ज्यान गुमाउनेको खबर सुन्दा दुःख लागेको छ ।’

















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)


प्रतिकृया